२०८३, आश्विन १९ गते

images

७५३ वटै स्थानीय तहमा पुग्यो आयुर्वेद केन्द्र, ३५ प्रकारका औषधी निशुल्क पाइने

७५३ वटै स्थानीय तहमा पुग्यो आयुर्वेद केन्द्र, ३५ प्रकारका औषधी निशुल्क पाइने

बुधवार, आश्विन २२ २०८२०५:२२
बुधवार, आश्विन २२ २०८२०५:२२
  • images

    काठमाडौँ । सरकारले ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको छ ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामवाबु ठाकुरले मुलुकका सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिए ।

    आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालय नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको उनले बताए । उक्त सेवा केन्द्रमा एक जना कविराज तहका आयुर्वेद जनशक्तिको व्यवस्था हुनेछ ।

    हरेक पालिका तहमा रहेका ती आयुर्वेद केन्द्रबाट निःशुल्करुपमा आयुर्वेद औषधिका साथै उपचार सेवा पनि प्रदान गरिने छ । यस्तै आरोग्य केन्द्रहरूमा भने योग पनि सिकाइने डा ठाकुरले जानकारी दिए ।  

    ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मुल नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको विभागले स्पष्ट गरेको छ ।

    निमित्त महानिर्देशक डा ठाकुरका अनुसार यसअघि २३ वटा आयुर्वेदसम्बन्धी औषधि बिरामीलाई दिने गरेकामा अबदेखि ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालिएको छ ।

    आयुर्वेद सेवा केन्द्रहरूबाट कब्जियत, मधुमेह, उच्चरक्तचापलगायतका रोगका औषधि निःशुल्क रुपमा प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

    नेपालमा सबै प्रदेशमा प्रादेशिक आयुर्वेद चिकित्सालय र केन्द्रीय तहमा आयुर्वेद चिकित्सालय नरदेवी तथा आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरबाट सेवा प्रदान भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend