२०८३, आश्विन २० गते

images

सेयर कर्जामा २५ करोडको सीमा हट्यो

सेयर कर्जामा २५ करोडको सीमा हट्यो

बुधवार, आश्विन २२ २०८२०९:३२
बुधवार, आश्विन २२ २०८२०९:३२
  • images

    काठमाडौं । बैंकहरुले व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै २५ करोडको सीमा हटाएको हो । यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । त्यस्तै बैंकहरूलाई सेयर खरिद बिक्रीमा पनि सहजीकरण गरिएको छ ।

    बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक  आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।

    त्यस्तै, सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि बैंकले लगानी गर्न पाउने छन् । यसअघि १ वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend