२०८३, आश्विन २० गते

images

राष्ट्र बैंकले गर्‍यो २ मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

राष्ट्र बैंकले गर्‍यो २ मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

बिहिवार, आश्विन २३ २०८२०७:२९
बिहिवार, आश्विन २३ २०८२०७:२९
  • images

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले २ वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । 

    राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका(२६, मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलस्थित केटीएम।ओम मनि एक्सचेन्ज प्रालिको लाइसेन्स रद्द गरेको जनाएको हो ।

    यी दुईवटै मनिचेञ्जर कम्पनीले म्याद समाप्त भएको मितिले ३ महिनाभित्र नवीकरण गर्न नआएपछि रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । 

    ‘मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो,’ राष्ट्रले जारी गरेको सूचनामा उल्लेख छ ।

    suchana.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend