२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा

बिहिवार, आश्विन २३ २०८२०१:१८
बिहिवार, आश्विन २३ २०८२०१:१८
  • images

    काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

    आयोगका अनुसार प्रा. डा. भण्डारीले पदमा रहेर करिब १२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ। अनुसन्धानपछि उनीसहित संलग्न अन्य १२ जनाविरुद्ध पनि अभियोगपत्र दायर गरिएको आयोगले जनाएको छ।

    आयोगले उक्त कार्यले सार्वजनिक सम्पत्तिमा हानि पुगेको र पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको ठहर गरेको छ। अब मुद्दाको सुनुवाइ विशेष अदालतमा हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend