२०८३, आश्विन २० गते

images

राष्ट्र बैंकले गर्‍यो सुन आयात कोटा वृद्धि, अब दैनिक २५ किलो ल्याउन पाउने

राष्ट्र बैंकले गर्‍यो सुन आयात कोटा वृद्धि, अब दैनिक २५ किलो ल्याउन पाउने

शुक्रवार, आश्विन २४ २०८२०१:२७
शुक्रवार, आश्विन २४ २०८२०१:२७
  • images

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएको छ । शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।

    नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्‍याइएको छ ।

    त्यसैगरी, विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ ।

    पहिले यो सीमा २० लाख रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend