२०८३, आश्विन २० गते

images
  • राजनीति
  • युवा संघले शनिबार र्‍याली निकाल्न नपाउने,...

युवा संघले शनिबार र्‍याली निकाल्न नपाउने, प्रशासनले लगायो रोक

युवा संघले शनिबार र्‍याली निकाल्न नपाउने, प्रशासनले लगायो रोक

शुक्रवार, आश्विन २४ २०८२०२:१३
शुक्रवार, आश्विन २४ २०८२०२:१३
  • images

    काठमाडौं ।  नेकपा एमालेनिकटको युवा संघले शनिबार र्‍याली गर्ने तयारीबीच प्रशासनले र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको छ । राष्ट्रिय युवा संघ नेपालले भोलि देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै मोटरसाइकल र्‍याली आयोजना गरेको थियो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना आएको भन्दै र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रष्ट्याएका छन् ।

    ‘गत भाद्र २३ गतेको Gen Z आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटना हुन पुगेको प्रशासनले सम्झाएको छ ।

    ‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ । अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ’, प्रशासनको सूचनामा उल्लेख छ ।

    umlaaa.jpg

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend