२०८३, आश्विन २० गते

images

राष्ट्र बैंकले एटिएम कारोबार सीमा घटायो, अब प्रतिदिन ५० हजार मात्र झिक्न मिल्ने

राष्ट्र बैंकले एटिएम कारोबार सीमा घटायो, अब प्रतिदिन ५० हजार मात्र झिक्न मिल्ने

शुक्रवार, आश्विन २४ २०८२०५:०७
शुक्रवार, आश्विन २४ २०८२०५:०७
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम (डेबिट कार्ड) बाट नगद झिक्ने सीमा घटाउने निर्णय गरेको छ। शुक्रबार राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको एकीकृत निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारको सीमा नयाँ रूपमा तोकिएको छ।

    नयाँ व्यवस्थाअनुसार अब एटिएमबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ। त्यस्तै, एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा अधिकतम ३ लाख रुपैयाँसम्म झिक्न पाइनेछ।

    यसअघि एटिएमबाट एक पटकमा २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ४ लाख रुपैयाँसम्म झिक्न पाइन्थ्यो। राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न र नगद कारोबारलाई सीमित गर्न यो निर्णय गरिएको जनाएको छ। बैंकका अनुसार नयाँ सीमा तत्काल लागू हुने छ।को छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend