काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका १५ सहसचिवहरूको सरुवा गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका १५ सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
विभिन्न मन्त्रालय तथा आयोगमा कार्यरत उनीहरूको सरुवा गरिएको हो । राजपत्राङ्कित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बताए । त्यस्तै न्याय सेवाका ८ जना सहसचिवहरूको पनि सरुवा भएको छ ।

