काठमाडौँ । आज नेपाल शेयर बजार (नेप्से) सूचकमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक आज ७८.८३ अंकले घटेर २,५०३ विन्दूमा कायम भएको छ।
बजारमा आज ३२४ कम्पनीको कुल १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आजको बजारमा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको मूल्य घटेको छ। यसरी बजारमा विक्रेताको दबाब हावी भएको देखिएको छ। सबैभन्दा धेरै कारोबार भएका कम्पनी
आज नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार हुने कम्पनी रह्यो। यस कम्पनीको ३८ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसपछि एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड १७ लाख रुपैयाँ, र यूनियन हाइड्रोपावर कम्पनीको ३६ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेको छ। त्यसैगरी, पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशत र सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ३.९७ प्रतिशत नाफा कमाएका छन्।
तर, बजारमा सबैभन्दा बढी घाटा बुटवल पावर कम्पनी (BPCL) का लगानीकर्ताले व्यहोरेका छन्। आज कम्पनीको शेयर मूल्य ९ प्रतिशतले घटेको छ।

