२०८३, आश्विन २० गते

images
  • राजनीति
  • जनमत पार्टीमा विभाजन : उपाध्यक्ष दीपक...

जनमत पार्टीमा विभाजन : उपाध्यक्ष दीपक साहसहित २०% नेताहरूले नयाँ दल दर्ताको निवेदन

जनमत पार्टीमा विभाजन : उपाध्यक्ष दीपक साहसहित २०% नेताहरूले नयाँ दल दर्ताको निवेदन

जनस्वराज पार्टी नाममा निर्वाचन आयोगमा आवेदन, आधिकारिक टुंगो बाँकी

सीएनएन खबर
आइतवार, आश्विन २६ २०८२०७:२९
सीएनएन खबर
आइतवार, आश्विन २६ २०८२०७:२९
  • images

    काठमाडौं। सीके राउत नेतृत्वको जनमत पार्टी आन्तरिक कलहपछि विभाजित भएको छ। पार्टीका उपाध्यक्ष दीपक साह को नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यहरूले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

    नयाँ पार्टीको नाम ‘जनस्वराज पार्टी’ राखिएको छ भने, उनीहरूले आइतबार आयोग पुगेर औपचारिक रूपमा दर्ताको प्रक्रिया थालेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म सनाखत प्रक्रिया बाँकी रहेको छ र आयोगले आवश्यक कानुनी परीक्षणपछि मात्रै दर्ताको टुंगो लगाउनेछ।

    यसअघि नै पार्टीका अर्का उपाध्यक्ष अब्दुल खान ले पनि जनमत पार्टी त्याग गरिसकेका छन्, जसले पार्टीभित्रको असन्तुष्टि र टकरावलाई थप उजागर गरेको छ।

    पार्टीभित्रको असन्तुष्टि बढ्दै

    विश्वासको अभाव, निर्णय प्रक्रियामा असन्तुलन र नेतृत्वको एकाधिकारवादी शैलीप्रति असन्तुष्टि जनाउँदै नेताहरू अलग हुने निष्कर्षमा पुगेको बुझिएको छ। पार्टी स्रोतका अनुसार, नीतिगत विषयमा विमति, संगठनको सञ्चालन शैली, र वैकल्पिक नेतृत्वको अभाव विभाजनको मुख्य कारण हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend