२०८३, आश्विन १९ गते

images

ललितपुर महानगरको पोलमा पर्चा टाँस्नेलाई १० हजार जरिवाना

ललितपुर महानगरको पोलमा पर्चा टाँस्नेलाई १० हजार जरिवाना

सोमवार, आश्विन २७ २०८२११:३३
सोमवार, आश्विन २७ २०८२११:३३
  • images

    ललितपुर । ललितपुर महानगरपालिकाले पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गरेको भन्दै एक कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले एग्रो थाई फुड प्राइभेट लिमिटेडलाई आइतबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

    सो कम्पनीबाट उत्पादित इनर्जी ड्रिङ्कको विज्ञापनको पर्चा सडक किनारको पोलमा टाँसिएको थियो । ललितपुर महानगरपालिकाले जरिबानासहित काटेको रसिदमा ‘अनाधिकृत विज्ञापन’ लेखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend