एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन्। इजरायल र हमासबीच चलिरहेको शान्ति प्रक्रियामा अमेरिकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका बेला उनी त्यहाँ पुगेका हुन्।
हमासको कब्जामा रहेका इजरायली बन्दीहरूमध्ये पहिलो चरणमा सात जनाको रिहाइ भएपछि ट्रम्प इजरायल पुगेका हुन्। उनलाई तेलअविव विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वागत गरेका थिए।
इजरायल भ्रमणका क्रममा ट्रम्पले इजरायली संसद (केनेस्सेट) लाई सम्बोधन गर्ने र बन्दीका आफन्तहरूसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

