२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एनआईसी एशिया बैंकका ग्राहकलाई मक्योर होटलमा...

एनआईसी एशिया बैंकका ग्राहकलाई मक्योर होटलमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई मक्योर होटलमा १५ प्रतिशतसम्म छुट

सोमवार, आश्विन २७ २०८२०३:५५
सोमवार, आश्विन २७ २०८२०३:५५
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौंको सुकेधारामा रहेको मक्योर होटलमा १५ प्रतिशतसम्म छुट हुने भएको छ । उक्त विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएसँगै छुट कार्यान्वयनमा आउने भएको हो । 

    ग्र्राहकले सो होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend