२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत...

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिंदै

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिंदै

मंगलवार, आश्विन २८ २०८२०८:०४
मंगलवार, आश्विन २८ २०८२०८:०४
  • images

    काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज असोज २८ गते विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

    गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए । सोही अनुसार आज असोज २८ गते प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

    गत भर्दा २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend