२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • ललितपुर महानगरको सहयोगमा जुम्लामा गणेश मन्दिर...

ललितपुर महानगरको सहयोगमा जुम्लामा गणेश मन्दिर निर्माण

ललितपुर महानगरको सहयोगमा जुम्लामा गणेश मन्दिर निर्माण

मंगलवार, आश्विन २८ २०८२०३:२०
मंगलवार, आश्विन २८ २०८२०३:२०
  • images

    ललितपुर । ललितपुर महानगरपालिकाको सहयोगमा जुम्लामा मन्दिर निर्माण हुने भएको छ । त्यसका लागि मेयर चिरिबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन् ।

    उक्त प्रतिनिधिमण्डलमा मेयर महर्जनसहित प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं, वडा नं २८ का अध्यक्ष वीरेन्द्र महर्जन छन् । 

    चन्दननाथ नगरपालिकामा गणेश मन्दिर निर्माणका लागि महानगरले ३५ लाख रुपैयाँ सहयोग गरेको प्रमुख महर्जनले बताए । चन्दननाथका मेयर राजु सिंह कठायतका अनुसार मन्दिर १९ लाख ७५ हजार रुपैयाँमा निर्माणसम्पन्न भएको हो भने बाँकी रकम मन्दिरको गेट निर्माणमा गरिने उनले जानकारी दिए ।

    महानगरका अनुसार गणशेको मूर्ति बनाउने ढुंगा खोकनाबाट लगिएको थियो भने मन्दिर निर्माणका लागि ललितपुरकै कालिगढहरूलाई लगाइएको थियो । मन्दिर चन्दननाथ नगरपालिकाको वडा नं ५ मा अवस्थित छ ।

    १० वटा वडा रहेको चन्दननाथसँग ललितपुर महानगरले तीन वर्षअघि भगिनी सम्बन्ध कायम गरेको थियो । चन्दननाथसँग मिलेर ललितपुर महानगरले विभिन्न परियोजना कायम गर्दै आएको छ । मेयर महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकालाई सहयोग गर्नु जिम्मेवारी सम्झिएको बताए ।

    महर्जनले भगिनी सम्बन्ध भएका पालिकाहरूलाई महानगरले सम्पदा र वातावरणमैत्री परियोजनालाई सहयोग गर्दै आएको पनि बताए । मेयर महर्जनका अनुसार ललितपुर महानगरको आकृति झल्कने संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ । यस्तो परियोजनामा आगामी दिनमा पनि महानगरको सहयोग रहने महर्जनले प्रतिबद्धता जनाए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend