काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड मर्जरमा जाने भएको छ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जरमा जान सैद्धान्तिक सहमति दिएको हो ।
पोखरा फाइनान्सका ना। प्रमुख कार्यकारी अधिकारी राजु मोहन भट्टराईका अनुसार पोखरा र समृद्धि फाइनान्सबीच गाभ्ने, गाभिने ९मर्जर० सम्झौता सम्पन्न गरी सैद्धान्तिक सहमति राष्ट्र बैंकमा पेश गरिएको थियो । राष्ट्र बैंकले सोमबार सैद्धान्तिक सहमति दिएको हो ।
तीन महिनाभित्र आ–आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पुरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्ने सर्तसहित सैद्धान्तिक सहमति राष्ट्र बैंकले दिएको भट्टराईले बताए ।

