२०८३, आश्विन २० गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक

बुधवार, आश्विन २९ २०८२१०:३५
बुधवार, आश्विन २९ २०८२१०:३५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब अधिक तरलता खिच्ने भएको छ ।

    निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जम्मा ४ दिने अवधिको लागि सो रकम तान्न लागिएको हो । बुधबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सक्नेछन् ।

    बोलकबोलका आधारमा ब्याजदर निर्धारण हुने यसमा बैंक तथा वित्तीय संस्थाले घटिमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी सबै रकमसम्म तोक्न सक्नेछन् ।

    निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड हुने गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend