२०८३, आश्विन २० गते

images

‘विश्व नैतिकता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

‘विश्व नैतिकता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

बुधवार, आश्विन २९ २०८२१२:३६
बुधवार, आश्विन २९ २०८२१२:३६
  • images

    काठमाडौँ । ‘विश्व नैतिकता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले दैनिक अभ्यासहरूमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्डहरु कायम राख्ने आफ्नो प्रतिबद्धतालाई कायम राख्ने प्रतिज्ञा गरेका छन् । 

    बैंकका सम्पुर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहिता प्रवद्र्धन गर्ने प्रतिबद्धता लिएका हुन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमकाबीच प्रतिज्ञा गराएका हुन् । 

    उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख संचालन अधिकृत विकास आनन्द, प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend