२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै...

साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ: प्रमुख दाहाल

साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ: प्रमुख दाहाल

सीएनएन खबर
बिहिवार, भाद्र १३ २०८१०७:११
सीएनएन खबर
बिहिवार, भाद्र १३ २०८१०७:११
  • images

    काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताएकी छिन् । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उनले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गरिन । 

    खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको उनको भनाई छ । 

    महानगरमा भौतिक विकास उल्लेखीय रुपमा अघि बढिसकेकाले महानगरले अहिले आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विषेश प्राथमिकता दिएको उनले बताईन । 

    कलाकेन्द्रको मध्यमबाट संस्कृतिको प्रर्वधन, जर्गेन तथा जागरण ल्याउन सकिने भएकाले यस्ता कार्यहरुले संस्कृतिको संरक्षण हुने प्रमुख दाहाले बताईन । 

    ‘हिजोको दिनमा तीजका सन्दर्भमा दुःख र बेदनाको गीत गाउने परिपाटी थियो, उनले भनिन, ‘अहिले व्यवस्था फेरिएको छ । महिलाहरु अधिकार सम्पन्न भएका छन् । महिलाहरु देशको नेतृत्वदायी भूमिकामा छन्। त्यसैले उत्सहाका गीत गाउनु होस्।’

    IMG_8959.JPG

    प्रमुख दाहालले हिजोको समान्तवादी व्यवस्थामा महिलामाथि थिचोमिचो हुने, पुरुषले महिलालाई दमन गरेर घरयासी काममा मात्र लगाउने परिपाटी भएकाले त्यस्ता गीतहरु गाउने गरिएको स्मरण गरिन । 

    देशमा महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्याधिस, मन्त्री, मेयर,उपमेयर, वडाध्यक्ष भइसकेकाले उत्सहाका गीत गाउदै संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिईन । 

    कार्यक्रमका वडा नम्बर २४ का अध्यक्ष रामबहादुर गोदारले भरतपुर २४ र २५ मा दलित र जनजातिको बाहुल्यता रहेकाले यहाँ धेरै प्रतिभाहरु रहेको बताएका थिए । कला केन्द्रले नयाँ प्रतिभा जनाएर राष्ट्रिय कलाकार उत्पादनको केन्द्र बन्ने विश्वास व्यक्त गरे । 

    भरतपुर २५ को बयरघारीमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थियो । कार्यक्रमलाई हेममायाँ फाउण्डेशनका अध्यक्ष हेम थापा र माया थापाले आर्थिक सहयोग गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend