२०८३, आश्विन २० गते

images

२१ अर्ब रूपैयाँको ५० को नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई ठेक्का

२१ अर्ब रूपैयाँको ५० को नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई ठेक्का

बुधवार, आश्विन २९ २०८२०४:५९
बुधवार, आश्विन २९ २०८२०४:५९
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रूपैयाँका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ।  चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कोअपरेशनले यो ठेक्का पाएको हो। ५० रूपैयाँका ४२ करोड थान नोटको मूल्य २१ अर्ब बराबर हुन्छ।

    चिनियाँ कम्पनीले १० करोड ४२ लाख डलर लागतमा ५० रूपैयाँको नोट छाप्ने भएको हो।  राष्ट्र बैंकमा हालै नियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले ५० र हजारको नोट छाप्ने पहिलो निर्णय गरेका थिए।
      
    नेपाल राष्ट्र बैंकले हालै मात्र चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ।  पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए।


    छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्नेछन्। 

    यो अवधिमा जुन जुन नोट छाप्नुपर्ने हुन्छ त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ। यो प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend