काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध होटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । रुपन्देहीमा रहेको उक्त होटलबीच छुटसँग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
ग्राहकले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् । सो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

