२०८३, आश्विन २० गते

images

ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

बिहिवार, आश्विन ३० २०८२११:२९
बिहिवार, आश्विन ३० २०८२११:२९
  • images

    काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

    बैंकको साधारण सभा आगामी कात्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । बैंकको यो १९ औँ वार्षिक साधारण सभा हो । सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

    साधारण सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend