काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले केपी शर्मा ओलीको कार्यकालमा राजनीतिक नियुक्त भएका १० देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाइने भएको छ । मन्त्री खरेलले ती राजदूतहरूलाई कात्तिक २० गतेभित्र काठमाडौं फर्किन निर्देशन दिइएको जानकारी दिए।

