२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनमा प्रधानमन्त्रीको चासो,...

संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनमा प्रधानमन्त्रीको चासो, बालुवाटारमा छलफल जारी

संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनमा प्रधानमन्त्रीको चासो, बालुवाटारमा छलफल जारी

सीएनएन खबर
आइतवार, आषाढ ९ २०८११०:४५
सीएनएन खबर
आइतवार, आषाढ ९ २०८११०:४५
  • images

    काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखसहित शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

    बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन् ।
    सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै आएका छन् ।

    यसअघि यही असार ३ गते सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कर्मचारीहरुले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको थियो ।

    संसद सचिवालयका कर्मचारीहरु विभिन्न ११ बुँदे मागसहित जेठ अन्तिमदेखि आन्दोलनरत छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend