काठमाडौं । अधिकांश वाणिज्य बैंकको कात्तिकका लागि मुद्दति निक्षेपको ब्याजदर ६ प्रतिशतभन्दा तल झरेको छ। बैंकहरुले आज सार्वजनिक गरेका कात्तिकका लागि ब्याजदरको सूचनाबाट यस्तो देखिएको हो। हालसम्म प्राप्त १८ वटा वाणिज्य बैंकको सूचनाअनुसार १७ वटाको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत कम रहेको छ भने एउटाको ६ प्रतिशत रहेको छ।
ग्लोबल आइएमई बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ प्रतिशत दिने भएको छ भने एनआईसी एसिया बैंकले ५.७५ प्रतिशत, सानिमा बैंकले ५.६५ प्रतिशत, सिद्धार्थ बैंक राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.२५ प्रतिशत तथा माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत दिने भएका छन्।
यसैगरी एभरेस्ट बैंक, कुमारी बैंक र हिमालयन बैंकले ४ प्रतिशत तथा कृषि विकास बैंकले ४.९५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४.७५ ब्याज दिने भएका छन्।
नियामकीय प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत थपेर रेमिट्यान्स निक्षेप र १ प्रतिशत संस्थागत मुद्दति निक्षेपमा ब्याजदर निर्धारण गर्नुपर्छ।
एनआईसी एशिया बैंक: व्यक्तिगतमा ५.७५% र संस्थागतमा ४.५% (पहिले ६% र ५%)
नेपाल बैंक लिमिटेड: स्थिर — व्यक्तिगत ५.२५%, संस्थागत ३.२५%
प्रभु बैंक: व्यक्तिगत ४.९५%, संस्थागत २.७५% (पहिले ५.३५% र ३.२५%)
एभरेष्ट बैंक: व्यक्तिगत ५%, संस्थागत ४% (पहिले ५.२५% र ४.२५%)
सिटिजन्स इन्टरनेशनल बैंक: व्यक्तिगत ५%, संस्थागत ३% (पहिले ५.२५% र ३%)
राष्ट्रिय वाणिज्य बैंक: स्थिर — व्यक्तिगत ५.५%, संस्थागत ४%
सानिमा बैंक: व्यक्तिगत ५.१४%, संस्थागत ३.४% (पहिले ५.२५% र ३.५%)
प्राइम कमर्सियल बैंक: व्यक्तिगत ५%, संस्थागत २.७५% (पहिले ५.५%)
नेपाल एसबीआई बैंक: व्यक्तिगत ५%, संस्थागत ४% (पहिले ५.१८% र ४.१८%)
ग्लोबल आइएमई बैंक: स्थिर — व्यक्तिगत ६%, संस्थागत ४.२५%
सिद्धार्थ बैंक: स्थिर — व्यक्तिगत ५.५%, संस्थागत ४%
एनएमबी बैंक: व्यक्तिगत ५%, संस्थागत ४% (पहिले ६% र ५%)
हिमालयन बैंक: व्यक्तिगत ६%, संस्थागत ४.५% (पहिले ६% र ५%)
कृषि विकास बैंक: व्यक्तिगत ४.९५%, संस्थागत २.७५% (पहिले ५.०५% र ३%)
माछापुच्छ्रे बैंक: व्यक्तिगत ५%, संस्थागत ३% (पहिले ६% र ४%)
कुमारी बैंक: स्थिर — व्यक्तिगत ५.०१%, संस्थागत ४.०१%
स्ट्याण्डर्ड चाटर्ड बैंक: व्यक्तिगत ५%, संस्थागत २.७५% (पहिले ५.१८%)
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: व्यक्तिगत ५%, संस्थागत ४.२५% (पहिले ५.२५%)
लक्ष्मी सनराइज बैंक: व्यक्तिगत ५%, संस्थागत ४% (पहिले ५.२५%)
नबिल बैंक: व्यक्तिगत ४.९५%, संस्थागत ३.९२% (पहिले ५.५% र ४.०५%)

