एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरुद्ध भएका छन् ।
विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडान सेवा अवरुद्ध बनेका हुन् ।
फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले भने, आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो सुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको छ । द डेली स्टार पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको जनाएको छ ।

