२०८३, आश्विन २० गते

images

७० वर्षमाथिका नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट

७० वर्षमाथिका नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट

आइतवार, कार्तिक २ २०८२०४:४४
आइतवार, कार्तिक २ २०८२०४:४४
  • images
    press2025-10-19-04-22-19.jpeg
    undefined

    काठमाडौं । अब ७० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा तोकिएको अधिकतम भाडादरमा ५० प्रतिशत छुट हुने भएको छ।

    आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरूका प्रतिनिधिहरूबिच सम्पन्न बैठकले उक्त सहमति गरेको हो।

    साथै ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ८० प्रतिशत तथा जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूलाई न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend