२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • मधेश प्रदेशमा छठको भोलिपल्ट पनि सार्वजनिक...

मधेश प्रदेशमा छठको भोलिपल्ट पनि सार्वजनिक बिदा

मधेश प्रदेशमा छठको भोलिपल्ट पनि सार्वजनिक बिदा

शुक्रवार, कार्तिक ७ २०८२०१:३१
शुक्रवार, कार्तिक ७ २०८२०१:३१
  • images

    काठमाडौं । मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ११ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ।

    उक्त निर्णय मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी सूचनामार्फत सार्वजनिक गरिएको हो। सूचनामा उल्लेख छ,“प्रदेश सरकारले २०८१ साल चैत २२ गते प्रकाशित ‘प्रदेश राजपत्र’मा समावेश २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा छठ पर्वको भोलिपल्ट (कात्तिक ११ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।”

    छठ पर्व मधेश प्रदेशमा विशेष रूपमा मनाइने प्रमुख धार्मिक पर्व हो। यस अवसरमा सरकारले बिदा विस्तार गरेको भन्दै प्रदेशवासीले स्वागत गरेका छन्।

    madesh.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend