२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • चर्चबाट घर फर्कँदै गरेका ८ जनाको...

चर्चबाट घर फर्कँदै गरेका ८ जनाको जिप दुर्घटनामा मृत्यु, १० घाइते (अपडेट)

चर्चबाट घर फर्कँदै गरेका ८ जनाको जिप दुर्घटनामा मृत्यु, १० घाइते (अपडेट)

शनिवार, कार्तिक ८ २०८२१२:५४
शनिवार, कार्तिक ८ २०८२१२:५४
  • images

     

    काठमाडौं । रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको पर्दा ८ जनाको ज्यान गएको छ।

    रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको हो। तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन्।

    जिप सडकबाट ७ सय मिटर तल खसेको थियो। जिपमा सवार अन्य १० जना गम्भीर घाइते भएका छन्।

    प्रहरीका अनुसार उनीहरू मण्डली (चर्च)बाट घर फर्किँदै थिए। उनीहरु जिल्लाको त्रिवेणी गाउँपालिका सिमरुतस्थित चर्चबाट फर्किँदा दुर्घटनामा परेका हुन्।

    आठबिसकोट नगरपालिका २ का वडाध्यक्ष देवबहादुर ऐरीका अनुसार मृतक सबै चर्चबाट घर फर्किँदै थिए। ‘उनीहरु सबै चर्च गएर फर्किँदा दुर्घटनामा परेछन्’ उनले टेलिफोन सम्पर्कमा भने।

    दुर्घटना परेको जिपमा २५ जना सवार थिए। १९ जना भित्र र ६ जना छतमा बसेर घर फर्किँदैगर्दा दुर्घटना भएको भएको हो।
    कच्ची सडकमा उकालोखण्ड पार गर्दैगर्दा जिपको पट्टा भाँचिएर दुर्घटना भएको बताइएको छ ।

    दुर्घटनाबाट घाइतेहुनहुनेहरू :
    १. सिर्जना बुढा, वर्ष १७
    २. सपना नेपाल, वर्ष १५
    ३. जुना बुढा, वर्ष १८
    ४. संगिता बुढा, वर्ष १७
    ५. शान्ति बुढा, वर्ष १९
    ४. अञ्जना ऐरी, वर्ष १७
    ७. महिमा ओली, वर्ष २०
    ८. मनिषा थापा, वर्ष १७
    ९. सबिता बिक, वर्ष १५
    १०. टोपजंग बुढा, चालक, वर्ष ३४

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend