२०८३, आश्विन २० गते

images

ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

आइतवार, कार्तिक ९ २०८२१२:२४
आइतवार, कार्तिक ९ २०८२१२:२४
  • images

    काठमाडौं । साताको पहिलो दिन आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको तुलनामा तोलामा ११ हजार ६०० रुपैयाँले सस्तो हो। गत सोमबार तिहार बिदाअघि सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो।

    त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको ३ हजार २८० रुपैयाँको तुलनामा तोलामा २६५ रुपैयाँले घटेको छ।

    यो मूल्य गिरावटले बजारमा सुनचाँदी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षित गर्न सक्ने देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend