२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • आईसीसी विश्वकप अन्तरगत अमेरिकासँग नेपालको १०६...

आईसीसी विश्वकप अन्तरगत अमेरिकासँग नेपालको १०६ रनको लज्जास्पद हार

आईसीसी विश्वकप अन्तरगत अमेरिकासँग नेपालको १०६ रनको लज्जास्पद हार

आइतवार, कार्तिक ९ २०८२०६:५६
आइतवार, कार्तिक ९ २०८२०६:५६
  • images

    काठमाडौँ । आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ३९।१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो। 

    अमेरिकाले दिएको २६३ रनको विजय लक्ष्य पछाएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। ओपनर आसिफ शेखले ३७, भीम सार्कीले २९ रन बनाउँदा आरिफ शेखले २० रन बनाए। सोमपाल कामीले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन्। 

    अमेरिकाको लागि बलिङतर्फ हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । उनले ८।१ ओभरमा एक मेडनसहित जम्मा २७ रन खर्चिए। शुभम रन्जानेले २ विकेट लिँदा रुसिल उगारकरले १ विकेट लिए।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनायो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए। तेस्रो विकेटका लागि स्मिथ र मुक्काकल्लाले ९५ रनको साझेदारी गरेका थिए। ४८ मा २ विकेट गुमाएको अमेरिकाले १४३ मा तेस्रो विकेट गुमायो। एन्ड्रिज गोउसले ११, कप्तान मोनाक पटेलले १० रन बनाउँदा सइतेजा मुम्कामल्लाले ४२ रन बनाए। 

    मिलिन्द कुमारले ७० रनको अविजित अर्धशतकीय पारी खेले। हर्मप्रित सिंह १६ रनमा अविजित रहे। 

    नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरी १–१ विकेट लिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend