काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद भवन परिसरमा भएको आगजनीका बेला प्रयोग गरेको अपशब्दप्रति अमनप्रताप अधिकारीले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिएका छन्।
अधिकारीले बताएका छन् कि भदौ २४ गते उनले संसद् भवन अगाडि गोली चल्दा स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएको दृश्य आफ्नै आँखाले देखेपछि आक्रोशमा अपशब्द बोलेको हो। उनले भने, “म अहिले भिडियो सुन्दा अपशब्द सुनि अफ्ठ्यारो लाग्छ, माफी चाहन्छु। तर जसलाई लक्षित गरेर बोलेको हो, त्यसमा पछुतो गर्दिनँ।”
अधिकारीले थपे कि उनले कुनै पनि सरकारी वा व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण नभएसम्म आफूमाथि आरोप लाग्न नहुने बताउँदै, प्रमाण आए जेल जान तयार रहेको पनि स्पष्ट पारेका छन्।
भदौ २४ गते अधिकारीले पोष्ट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा उनले ‘जल्यो तेरो देश’ भनी अराजक भाषा प्रयोग गरेका थिए।

