काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट करिब चार हजार ९८२ कैदी फरार रहेका छन्। प्रदर्शनको समयमा २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी भागेका थिए।
हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ बन्दी कारागार फर्किसकेका छन्। सुरक्षा चुनौती बढ्दै गएपछि सरकारले फरार कैदीबन्दीलाई कारागार फर्काउन विशेष अभियान सुरु गरेको छ।
सरकारले फरार बन्दीलाई कारागारमा फर्कन ‘अल्टिमेटम’ दिएको छ र सम्बन्धित जिल्लाका सुरक्षा निकायमार्फत उनीहरूलाई नियन्त्रणमा लिने काम जारी रहेको छ।
देशभर ७५ कारागार र बालगृहमा हाल ३० हजार ६४१ कैदी र बालबन्दी रहेका छन्।

