२०८३, आश्विन २० गते

images

तिहारपछि साढे १६ हजार रुपैयाँले सस्तियो सुनको मूल्य, मंगलबार कतिमा हुँदैछ कारोबार ?

तिहारपछि साढे १६ हजार रुपैयाँले सस्तियो सुनको मूल्य, मंगलबार कतिमा हुँदैछ कारोबार ?

मंगलवार, कार्तिक ११ २०८२०१:०७
मंगलवार, कार्तिक ११ २०८२०१:०७
  • images

    काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९२० रुपैयाँमा झरेको छ ।

    तिहारपछि मात्रै सुन प्रतितोला १६ हजार ५ सय रुपैयाँले सस्तो भएको छ । असोज ३१ गते सुनको मूल्य इतिहासमै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो भने त्यही दिन चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend