२०८३, आश्विन २० गते

images
  • राजनीति
  • विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा...

विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

मंगलवार, कार्तिक ११ २०८२०२:०९
मंगलवार, कार्तिक ११ २०८२०२:०९
  • images

    काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘कम्युनिष्ट पार्टी नेपाल’ नामक दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । मंगलबार नेकपाका प्रवक्ता प्रकाण्डसहित आयोगमा पुगेका नेताहरुले ‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताको निवेदन दिएका हुन् ।

    प्रकाण्डले जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै फागुन २१ को निर्वाचनमा भएका जटिलताका बिचमा आफुहरु दल दर्ता गर्न आएको बताएका छन् । उनले देश र जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर आफुहरु आयोगमा दल दर्ता आएको बताए ।

    प्रकाण्डले आफुहरु आयोगमा आएर दल दर्ता गर्ने प्रक्रियामा आउनु ऐतिहासिक भएको बताउदै यसले निर्वाचन समयमा हुने र देशमा चुनावको माहोल बन्ने दाबि पनि गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend