२०८३, आश्विन २० गते

images

चितवनबाट लमजुङ जाँदै गरेको इभी माइक्रो दुर्घटना, एक वृद्धाको मृत्यु

चितवनबाट लमजुङ जाँदै गरेको इभी माइक्रो दुर्घटना, एक वृद्धाको मृत्यु

मंगलवार, कार्तिक ११ २०८२०३:०४
मंगलवार, कार्तिक ११ २०८२०३:०४
  • images

    काठमाडौं । चितवनबाट लमजुङ सदरमुकाम बेसीशहर तर्फ गइरहेको इभी माइक्रो दुर्घटना हुँदा १४ यात्रु मध्ये एक वृद्धाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

    जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार, मंगलबार दिउँसा १२:१५ बजे आबुखैरेनी–२, एक्लेफाँटमा दुर्घटना भएको हो। प्रयोगमा आएको बागमती प्रदेश ०३–००१ ज ०९३७ नम्बरको इलेक्ट्रोनिक माइक्रो पानी परेर सडक चिप्लो भएको कारण अनियन्त्रित भएको अनुमान गरिएको छ।

    माइक्रोमा १४ यात्रु सवार थिए। घाइतेहरूलाई तुरुन्तै आबुखैरेनी अस्पतालमा लगिएको थियो। उपचारको क्रममा चितवन, भरतपुर–१८ की ५५ वर्षीया बुझमाया तामाङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

    माइक्रो चालक ईश्वरकुमार श्रेष्ठ (४२, लमजुङ–८) को टाउकोमा गम्भीर चोट लागेको छ र उनलाई चितवन मेडिकल कलेजमा रिफर गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend