काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट हुने भएके छ बिहीबार उक्त छुट सम्झौतामा बैंक र स्काइवाक टावरबीच सम्झौता भएसँगै बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् ।
सो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

