२०८३, आश्विन १९ गते

images
  • समाचार
  • लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलट...

लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

बुधवार, कार्तिक १२ २०८२०९:०७
बुधवार, कार्तिक १२ २०८२०९:०७
  • images

    काठमाडौँ। सोलुखुम्बुको लोबुचे क्षेत्रमा अल्टिच्युट एयरको एक हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको छ। सगरमाथा आधार शिविर नजिक ल्यान्डिङ गर्ने क्रममा हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिएका छन्।

    दुर्घटनामा पाइलट विवेक खड्का मात्रै सवार रहेका थिए र उनी सकुशल रहेको प्रहरीले जनाएको छ। सो हेलिकोप्टर पर्यटक उद्धारका लागि आधार शिविरतर्फ गइरहेको बताइएको छ।

    डीएसपी कुँवरका अनुसार, हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हावाको तीव्र गतिसँगै हिउँमा चिप्लिएर असन्तुलित भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा स्थानीय प्रहरी टोली पुगेको र थप विवरण संकलन भइरहेको बताइएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend