२०८३, आश्विन २० गते

images
  • समाचार
  • ‘मोन्था’ चक्रवातको प्रभाव: कोसी, मधेस र...

‘मोन्था’ चक्रवातको प्रभाव: कोसी, मधेस र बागमती प्रदेशमा तीन दिनसम्म उच्च सतर्कता अपनाउन बाढी महाशाखाको आग्रह

‘मोन्था’ चक्रवातको प्रभाव: कोसी, मधेस र बागमती प्रदेशमा तीन दिनसम्म उच्च सतर्कता अपनाउन बाढी महाशाखाको आग्रह

बिहिवार, कार्तिक १३ २०८२०८:२३
बिहिवार, कार्तिक १३ २०८२०८:२३
  • images

    काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ। आगामी तीन दिनसम्म कोसी, मधेस र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाले बिहीबार जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार, कात्तिक १३ गते ९आज० देखि १५ गतेसम्म ती प्रदेशका अधिकांश नदीहरूको बहाब बढ्ने सम्भावना छ। १४ र १५ गते तटीय क्षेत्रमा नदी बहाब सतर्कता तह आसपास पुग्ने आकलन गरिएको छ।

    महाशाखाले ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी ९पूर्व र पश्चिम०, रुपन्देही र कपिलवस्तुका साना नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ।

    महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि कोसी, मधेस र बागमती प्रदेश भई बहने केही साना नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना छ। यद्यपि शनिबार अपराह्नदेखि ‘मोन्था’ प्रणाली क्रमशः कमजोर हुने र नदीको बहाब घट्दै जाने अनुमान गरिएको छ।

    मनसुन समाप्त भएपछि गत असोज २४ गतेदेखि दैनिक बाढी सूचना सेवा बन्द गरिएको भए पनि, चक्रवात ‘मोन्था’ का कारण आज विशेष बुलेटिन जारी गरिएको महाशाखाले जनाएको छ।

    बाढी महाशाखाले जनतालाई नदी किनार र तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, बाढी सम्भावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

    b-2_7XyUB4hi23.jpg
    undefined
    b_CTZPy3T7pf.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend