२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

शुक्रवार, कार्तिक १४ २०८२०८:०४
शुक्रवार, कार्तिक १४ २०८२०८:०४
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरस्थित ओम अध्याय रिट्रिट मा विशेष छुट सुविधा उपलब्ध हुने भएको छ। बैंक र उक्त रिट्रिटबीच छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो।

    सम्झौताअनुसार, बैंकका ग्राहकले रिट्रिटमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले रिट्रिट प्याकेजमा १५ प्रतिशतसम्म र खाना तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन्।

    यस सुविधा उपभोग गर्नका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा बैंकको मोबैंक एप मार्फत भुक्तानी गर्न सकिनेछ।

    बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, “ओम अध्याय रिट्रिटसँगको सहकार्यले ग्राहकलाई छुटको फाइदा दिलाउनुका साथै, डिजिटल भुक्तानी संस्कृतिलाई प्रवर्द्धन गर्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न मद्दत पुर्‍याउनेछ।”

    एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई देशभरका विभिन्न क्षेत्रका व्यवसायिक साझेदारहरूसँग सहकार्य गर्दै निरन्तर नयाँ छुट तथा सुविधा कार्यक्रमहरू उपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend