काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको सो संरचनामा महानगरले डोजर चलाएको हो ।
सम्पदा क्षेत्र खुल्ला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ सो क्षेत्रमा निर्माण गरिएको अवैध संरचना हटाइएको हो ।
महानगरको डोजरले संरचनाहरू हटाउने क्रममा केही विवादसमेत भएको छ । विवादपछि ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।
महानगर प्रमुख बालेन शाहको प्रमुख प्राथमिकतामा रहेको अतिक्रमित जमिन फिर्ता र अवैध संरचना हटाउने अभियानमा महानगरपालिका पुन: सक्रिय रहेको छ । महानगरले शुक्रबार मात्रै त्यस्ता स्थान खाली गर्न सातदिने अल्टिमेटम जारी गरेको छ ।

