काठमाडौं । सरकारले पाँच जना प्रहरी वरिष्ठ अधिकृतलाई डीआईजीमा बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका छन्। उनीहरू एक सातापहिले नै बढुवाका लागि सिफारिस भएका थिए।
बढुवा भएका डीआईजीहरूको जिम्मेवारी पनि तोकिएको छ।
भुपेन्द्र खत्री – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)
सानुराम भट्टराई – अपराध अनुसन्धान विभाग
ओम अधिकारी – उपत्यका प्रहरी कार्यालय
शेखर खनाल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अबिनारायण काफ्ले – प्रहरी महानिरीक्षकको सचिवालय
सरकारले यस कदममार्फत प्रहरी नेतृत्वमा अनुभव र क्षमताको सन्तुलन कायम राख्ने उद्देश्य राखेको बताइएको छ।

