२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाडा अटो शोमा दुईपाँग्रेको आकर्षण बन्दै...

नाडा अटो शोमा दुईपाँग्रेको आकर्षण बन्दै एमटी बाइक, कति भयो बुुकिङ ?

नाडा अटो शोमा दुईपाँग्रेको आकर्षण बन्दै एमटी बाइक, कति भयो बुुकिङ ?

शनिवार, भाद्र १५ २०८१०९:०७
शनिवार, भाद्र १५ २०८१०९:०७
  • images

    काठमाडौँ । नाडा अटो शो २०२४ मा दुई पाँग्रेतर्फ आकर्षणको केन्द्र बनेको छ सीएफ मोटोको ४५० सीसी क्षमताको एमटी बाइक । एडभेन्चर टुरिङ अनुभवीलाई लक्षित गर्दै कम्पनीले पहिलो पटक नेपाल ल्याएको उक्त बाइक मंगलबारदेखि सुरु भएका अटो शोको मुख्य आकषर्ण बनेको हो । 

    नाडा अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त बाइकको समेत औपचारिक रुपमा उद्घाटन गरेका थिए । उद्घाटन भएको ४ दिनको अबधिमा ५५ भन्दा बढी बाइक बुकिङ भैसकेको कम्पनीले जनाएको छ । 

    अटो शो लाई लक्षित गर्दै ल्याईएको ३८ वटा बाइक बुकिङ भैसकेको कम्पनीका जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए । ‘हामीले शोलाई लक्षित गर्दै पहिलो लटमा ३८ वटा बाइक ल्याएका थियौँ । ती सबै बुकिङ भैसक्यो । पुनः दोस्रो लटका लागि ३८ वटा ल्याउने तयारी थालेका छाँै, शो सकिएपछि सबै डेलिभरी गनेछौँ’, उनले भने । 

    PHOTO-2024-08-25-09-19-02.jpg

    उनले दोस्रो लटमा आउने ३८ वटामध्ये शुक्रबारसम्म १७ वटा बुकिङ भैसकेको जानकारी दिए । कम्पनीले झम्सीखेलमा रहेको शोरुम बन्द गरेको छ भने नक्सालको सोरुम खुला राखेको छ । शोमा बाइक हेरेर बुकिङ गर्नेहरु नक्साल शोरुममा गएर टेस्ट गर्ने गरेको उनले बताए । 

    कम्पनीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिने अपेक्षा गरिएको जनाएको छ । अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउने कम्पनीले जनाएको छ । 

    कम्पनीले उक्त बाइकको मूल्य १२ लाख ४९ हजार ९ सय रुपैयाँ राखेको छ । ४९९.५ सीसीको को बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ४४ हर्सपावर ९५०० एचपीएम मा र ४४ एमएमको टर्क ७६०० आरपीएम दिन्छ । 

    शहरमा क्रुज गर्दा होस् या कुनै उबड–खाबड भूभाग, ४५० मिटरले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध रहेको छ ।

    cf moto.jpg

    यस्तै, कम्पनीले अटो शो मा राखेको जीहो ब्राण्डको विद्युतीय स्कुटरमा समेत ग्राहकको आकषर्ण बढ्न थालेको छ । शो सुरु भएको ४ दिनको अबधिमा एइ फो इलेक्ट्रिक स्कुटर १० वटाभन्दा बढी इभी स्कुटर डेलिभरी नै गरिएको जोशीले बताए । 

    उक्त नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एइ फोले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने कम्पनीले जनाएको छ ।

    नाडा शो मा ऋषि ट्रेडले सार्वजनिक गर्याे एड्भेन्चर बाइक र विद्युतीय स्कुटर, कति छ मूल्य ? नाडा शो मा ऋषि ट्रेडले सार्वजनिक गर्याे एड्भेन्चर बाइक र विद्युतीय स्कुटर, कति छ मूल्य ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend