२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज...

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज पेसी

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज पेसी

मंगलवार, कार्तिक १८ २०८२१०:४६
मंगलवार, कार्तिक १८ २०८२१०:४६
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमा आज पेसी रहेको छ ।

    सरकारले आफु्लाई प्राधिकरणबाट हटाएपछि सोमबार सर्वोच्चमा शाक्यले सरकारको निर्णय गैरकानुनी भएको भन्दै दायर गरेको रिटमा आज पेशी रहेको छ ।

    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

    जेनजी आन्दोलनको जगमा बनेको सरकारले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट जल तथा उर्जा आयोगमा पठाउने निर्णय गरेको थियो । त्यसको विरुद्धमा शाक्य सर्वोच्च पुगेका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend