२०८३, आश्विन २० गते

images

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा.इन्दिरा अधिकारी पौडेल नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा.इन्दिरा अधिकारी पौडेल नियुक्त

मंगलवार, कार्तिक १८ २०८२०१:५४
मंगलवार, कार्तिक १८ २०८२०१:५४
  • images

    काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छिन्। प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सह–प्राध्यापक डा. पौडेललाई प्रतिष्ठान ऐन २०७६ अनुसार आन्तरिक बढुवामार्फत ऐनको दफा २१ बमोजिम डिनमा नियुक्त गरिएको हो। नियुक्तिसँगै उनले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक नेतृत्व सम्हाल्ने छन्।

    डा. पौडेलले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन्। मातृ तथा बाल स्वास्थ्य उनका विशेषज्ञता क्षेत्र हुन्। उनी विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा सक्रिय छिन्।

    प्रतिष्ठानमा नर्सिङ विभाग प्रमुख रहँदा उनले स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रम विकास र नेतृत्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन्। २० वर्ष नर्सिङ सेवामा कार्यरत डा. पौडेलले १७ वर्ष शैक्षिक क्षेत्रमा अनुभव हासिल गरेकी छन्।

    डा. पौडेलले प्रतिष्ठानमा ३ वर्ष ६ महिना नर्सिङ विभाग प्रमुखको रूपमा काम गरेकी छिन्। यसअघि उनले मनमोहन इस्टिच्युसन अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेज, भरतपुरमा समेत कार्यरत रहँदा महत्वपूर्ण योगदान दिएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend