२०८३, आश्विन २० गते

images
  • प्रमुख समाचार
  • जेन–जी आन्दोलनको पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सको...

जेन–जी आन्दोलनको पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सको २५ लाख सहयोग

जेन–जी आन्दोलनको पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सको २५ लाख सहयोग

मंगलवार, कार्तिक १८ २०८२०५:४५
मंगलवार, कार्तिक १८ २०८२०५:४५
  • images

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले जेन–जी आन्दोलनको क्षतिपश्चात सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    मंगरबार सिंहदबारमा रहेको अर्थमन्त्रालयमा उपस्थित भएर अर्थमन्त्री रामेश्वर खनाललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्तान्तरण गरेका हुन् ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले क्षतिको पुनर्निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नको लागि कम्पनीले उक्त रकम हस्तान्तरण गरेको बताएका छन् ।

    हाल सरकारको उक्त कोषमा सात करोड, ५१ लाख ६० हजार रुपैयाँ जम्मा भएको अर्थमन्त्रालयका सह–सचव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend