२०८३, आश्विन २० गते

images

काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बुधवार, कार्तिक १९ २०८२०१:३४
बुधवार, कार्तिक १९ २०८२०१:३४
  • images

    काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज (बुधबार) बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ, भने सहचालक गम्भीर घाइते भएका छन् ।

    बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट करिब ६० मिटर तल खस्दा मण्डनदेउपुर-७ झगारपुरका २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन विष्टका अनुसार चालक राई ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेका थिए । सोही दुर्घटनामा गम्भीर घाइते भएका सहचालक २२ वर्षीय विक्रम राईको शरीरका विभिन्न भाग जलेकाले उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार दुर्घटनापछि आगलागीसमेत भएको थियो र घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend