२०८३, आश्विन २० गते

images

एनसेलका डेटा प्याक प्रयोगकर्ताले अब बीमा सुरक्षा पनि पाउने

एनसेलका डेटा प्याक प्रयोगकर्ताले अब बीमा सुरक्षा पनि पाउने

एनसेल र मेटलाइफको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ योजना सुरु

सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२१२:१९
सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२१२:१९
  • images

    काठमाडौं। एनसेल र मेटलाइफ नेपालबीचको सहकार्यमा ‘डाटासँगै जीवन बीमा’ नामक नयाँ योजना सुरु गरिएको छ। नेपालमै पहिलोपटक सुरु भएको यस सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले मोबाइल डेटा खरिदसँगै जीवन तथा घातक रोगको बीमा सुविधा पनि पाउने भएका छन्।

    NCell & met lofe.jpeg

    कम्पनीका अनुसार, यस योजनामा दुई विशेष प्याक उपलब्ध छन्। पहिलो रु. ९९ को प्याकमा १०० एमबी डेटा, रु. २ लाखको म्यादी जीवन बीमा र रु. २ लाखको घातक रोग बीमा समावेश छ। दोस्रो रु. ३९ को प्याकमा १०० एमबी डेटा, रु. ५० हजारको म्यादी जीवन बीमा र रु. ५० हजारको घातक रोग बीमा पाइनेछ। दुवै बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।

    ग्राहकहरूले यी प्याकहरू एनसेल एप वा १२३४६# डायल गरेर सजिलै खरिद गर्न सक्छन्। बीमा फारम बुझाएपछि म्यादी जीवन बीमा तुरुन्तै सुरु हुने र घातक रोग बीमा भने ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुने एनसेलले जनाएको छ।

    एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्त का अनुसार, “मेटलाइफ नेपालसँगको यो सहकार्यले देशभरका ग्राहकहरूलाई वित्तीय सुरक्षासँगै जीवनमा सकारात्मकता ल्याउने उद्देश्य राखेको छ।”

    त्यस्तै, मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेत का अनुसार, “यो साझेदारीले सानो डेटा खरिदबाट पनि ग्राहक र उनीहरूको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्रदान गर्नेछ।”

    कम्पनीहरूले यो सहकार्यलाई नेपालमा वित्तीय समावेशिता र सामाजिक सुरक्षाको दिशामा नवीनतम कदम भएको बताउँदै यसले देशका दुरदराजका ग्राहकहरूलाई बीमाको पहुँचमा ल्याउने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend