काठमाडौँ । सामसङले आफ्नो लोकप्रिय M सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन Galaxy M17 5G नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, टिकाउपन र अत्याधुनिक प्रविधिको संयोजनसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक Optical Image Stabilization (OIS) अर्थात् “No Shake Camera” प्रविधि समावेश गरेको छ। यसले प्रयोगकर्तालाई हल्ला–रहित, स्पष्ट र प्रो(लेभल गुणस्तरका फोटो तथा भिडियोहरू लिन सक्षम बनाउँछ।
Samsung Electronics Nepal का एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितका अनुसार, Galaxy M17 5G ले सामसङको AI र क्यामेरा प्रविधिलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य राखेको छ। उनले भने, ‘Galaxy M17 5G र Galaxy AI मार्फत हामी AI र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई सबैका हातमा पुर्याउँदैछौं। ‘No Shake Camera’ र Galaxy AI फिचरहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछन्।”
यो फोनमा सामसङको Galaxy AI प्लेटफर्मका आधुनिक फिचरहरू Circle to Search with Google र Real-time AI Assist समावेश छन्, जसले प्रयोगकर्तालाई सूचना खोज्न, अनुवाद गर्न वा मल्टिटास्किङ गर्न सजिलो बनाउँछन्। ६ न्यानोमिटरको Exynos 1330 प्रोसेसर प्रयोग गरिएको यो डिभाइसले गेमिङ, स्ट्रिमिङ र दैनिक प्रयोगमा छरितो तथा उर्जा(दक्ष प्रदर्शन प्रदान गर्छ।
Galaxy M17 5G मा 6.7 FHD+ Super AMOLED डिस्प्ले, Corning Gorilla Glass Victus सुरक्षा र IP54 धूलो तथा पानी प्रतिरोध सुविधा दिइएको छ। यी सबै विशेषताहरूका कारण यो फोन साहसिक प्रयोगकर्ताहरूका लागि पनि भरपर्दो विकल्पका रूपमा प्रस्तुत भएको छ।
नेपालमा यो स्मार्टफोन दुई भेरियन्टमा उपलब्ध छ 4GB RAM + 128GB स्टोरेजको मूल्य रू. 25,999 र 6GB RAM + 128GB स्टोरेजको मूल्य रू. 27,999 तोकिएको छ। उपभोक्ताहरूले यो नयाँ Samsung Authorized Retail Stores, Samsung Plaza, र प्रमुख ई-कमर्स प्लेटफर्महरूबाट खरिद गर्न सक्नेछन्।

