२०८३, आश्विन २० गते

images

२३ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको खुद नाफा, यस्तो छ अन्य सूचक

२३ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको खुद नाफा, यस्तो छ अन्य सूचक

शुक्रवार, कार्तिक २१ २०८२१०:३३
शुक्रवार, कार्तिक २१ २०८२१०:३३
  • images

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ ।

    यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ । यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेको छ ।

    बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्ममा बैंकले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend